१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बिमस्टेकको तयारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ - बिमस्टेक सम्मेलन राष्ट्रिय मूल आयोजक समितिको बुधबार बसको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका छन्। सम्मेलनको तयारीका लागि आयोजना गरिएको दोस्रो ब्रिफिङ बैठकमा ओलीले सम्मेलन आयोजना गर्ने क्रममा कुनै समस्या भए त्यसलाई त्यसलाई तत्काल समाधान गरी सम्मेलनको तयारी दू्रत गतिमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

राष्ट्रिय मुल समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको उपस्थितिमा सम्मेलन तयारीको कार्यप्रगतिबारे समीक्षा गरिएको थियो। प्रधानमन्त्री ओलीले सबै तयारी पूरा गर्न र बाँकी कामसमेत समयमै सम्पन्न गर्न निर्देशन दिएको ती अधिकारीले बताए।

विशेष गरी सम्मेलनमा आउने पाहुनाको बसोबासलाई सकेसम्म आरामदायी बनाउने तथा उनीहरूलाई कुनै किसिमको असहजता नहुने गरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। बैठकमा विभिन्न विषयगत समितिले पनि आफ्नो कामका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। भदौ दोस्रो साता हुन लागेको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सदस्य राष्ट्रका उच्च अधिकारीहरू नेपाल आउँदैछन्।

प्रकाशित: ३१ श्रावण २०७५ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App