१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुस रकम सहित राैतहटका एक शिक्षक पक्राउ

रौतहट - सेवाग्राहीसँग लिएको घुस सहित एक शिक्षक पक्राउ परेका छन्। सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयका प्राथमिक शिक्षक तथा सहायक लेखापाल प्रमोद ठाकुरलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ४५ हजार घुस सहित पक्राउ गरेको हो।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भवन निर्माणको काम लिएको र भवन निर्माणको काम सम्पन्न भइसकेपछि अन्तिम फछ्याैट गर्नको लागि बारम्बार रकमको माग गरिरहेका शिक्षक घुस रकमसहित पक्राउ परेका हुन। शिक्षा विकास तथा समन्वय इकाई रौतहटमा समेत कार्यरत ठाकुरले एक प्रधानाध्यापकलाई भवनको फछ्याैटका लागि रकमको माग गर्दै आएका थिए। रकम नदिएसम्म भवनको फछ्याैट नहुने बताउँदै आएका ठाकुरलाई घुस रकमसहित डिएसपि दिनेश घिमिरेके नेतृत्वमा खटिएकाे अख्तियार टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका ठाकुरलाई हेटौडा लगिने र अन्य आवश्यक कारबाही गरिने टोलीका प्रमुख डिएसपि घिमिरेले बताए। पक्राउ परेका ठाकुरले भने आफूविरुद्ध षडयन्त्र गरिएको प्रतिक्रिया दिएका छन्। 

प्रकाशित: ३० श्रावण २०७५ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App