१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकी विकास बैंकको आवास कर्जा

काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना ल्याएको छ। जसमा ग्राहकले घर–जग्गा खरिद गर्न र घर निर्माण गर्न पाँच लाखदेखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। 

कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने,  ब्याजमात्र तिरे पुग्ने बैंकले जनाएको छ । कर्जाको ब्याजदर बेस रेटमा अधिकतम दुई प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिने पनि बैंकले जनाएको छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बिमा गराउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ। 

बिमा अवधिपश्चात ग्राहकले बोनस रकम समेत प्राप्त गर्नेछन् । यसप्रकारको योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने बैंकको दाबी छ। 

यस प्रकारको सेवा बैंकका सबै शाखा कार्यालयबाट प्रदान गरिनेछ । हाल बैंकको पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा रहेको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App