१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोजगारी सृजना गरिन्छ : प्रधानमन्त्री

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ-नयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताएका छन्।

सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गरे। प्रधानमन्त्रीले भने, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ। उनले अब स्थापना हुने उद्योग प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री ओलीले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने भन्दै त्यसका लागि वातावरण बनाउन उद्योगी र व्यवसायीलाई आग्रह गरे। फरक प्रसङ्गमा प्रधानमन्त्रीले केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा गर्न खोजेको आरोप लगाए। 

निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भने, “आम जनतामा आत्मविश्वास बढाउनु र  आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो। जसले जनतामा आशावाद बढेर जान्छ।” 

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। देशको जनसंख्यामा काम गर्न सक्नेको बाहुल्यता बढी रहेको भन्दै प्रधानमन्त्रीले भने, “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ।” उनले विश्व समुदायलार्इ नेपालमा लगानी मैत्री वातावरण भएको विषय प्रचार गर्न उद्यमीलाई आग्रह गरे । रासस

प्रकाशित: २९ श्रावण २०७५ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App