१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

जापानमा रहेका नेपाली विज्ञ समुदायबीच अन्तर्क्रिया

काठमाडौं- जापानमा रहेका विज्ञ नेपाली समुदायको आयोजनामा टोक्योमा अन्तर्क्रिया भएको छ। नेपाल जापान डाइलोग सिरिज नाम दिएको अन्तार्क्रियामा जापानका विभिन्न विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक, अनुसन्धानकर्ता साथै कर्पोरेट सेक्टरमा कार्यरत विज्ञहरु सहभागि थिए। कार्यक्रममा नेपाली र नेपालसंग नजिक रहेका केहि जापानीहरुको पनि उपस्थिति रहेको थियो।

प्रमुख वक्ता एहिमे विश्वविद्यालयका सह–प्राध्यापक डा. नेत्र प्रकाश भण्डारीले नेपालको बर्तमान विकासको मोडलको बारेमा वोलेका थिए। टोक्यो सिटी युनिभर्सिटीका प्राध्यापक डा.होम रिजालले सहरी दिगो वातवरणीय सुधारको बिषयमा, कमनवेल्थ इञ्जिनियरिङ कम्पनीका चिफ इन्जिनियर डा. झबिन्द्र घिमिरेले दिगो पूर्वाधार विकासको बारेमा, टोकियो विश्वविद्यालयका सह–प्राध्यापक डा.भुवनेश्वर शाहले जमिन, जलस्रोत तथा पुर्वाधार विकासको बारेमा, सूचना प्रविधि विज्ञ चण्डी सुवेदीले सूचना प्रविधिको विभिन्न छेत्रमा सम्भाव्यता, भूकम्प प्रविधि राष्ट्रिय समाजका गणेश जिमीले प्राकृतिक प्रकोपमा क्षति कम गर्न र जीउधनको सुरक्षा गर्न जापानबाट धेरै सिक्न सकिने बताए।

सिटिनेटका निर्देशक केन्द्र बरुवाले अन्तर्राष्ट्रिय अनुभव र कार्यप्रणालीका साथै नेपालमा नीतिगत तथा कार्यान्वयन पद्दतिमा रहेका सकारात्मक तथा कमि कमजोरीहरुलाइ औल्याएका थिए।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा रहने बिज्ञ नेपाली समुदायहरु संगको भेटले आफु हर्षित भएको र नेपाली दूतावासले यस्ता खालको कार्यक्रमहरुमा प्रोत्साहन र सहयोग हुने बताइन्। गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले विश्वकै उत्कृस्ट प्रविधि र विकास भएको जापानबाट धेरै कुरा सिक्न सकिने र जापानमा रहेका बिज्ञहरुले सुरु गरेको अन्तरक्रिया सकारात्मक र सान्दर्भिक भएको बताए।

प्रकाशित: २९ श्रावण २०७५ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App