१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकारको उपलब्धि: सिण्डिकेट संरक्षणदेखि, मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्म’

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका उपलब्धिलाई लिएर सांसदले व्यंग्य गरेका छन्। सरकारले सोमबार आफ्ना ५ महिने उपलब्धि सार्वजनिक गरेको थियो। 

सांसद तेजुलाल चौधरीले सिण्डिकेट संरक्षणदेखि मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्मलाई सरकारको उपलब्धि भन्दै व्यंग्य गरे। 

उनले संसदमा गरेको व्यंग्य जस्ताको तस्तैः

सरकारको ५ महिनाभित्र भएको उपलब्धि ः सिण्डिकेट अन्त्य कागत, भाषणमा मात्र, व्यवहारमा छैन्। सुन तस्करी सानो माछा समातेको, ठूलो माछा समात्न सकेको छैन। हात्ती आयो, हात्ती आयो फुस्स! ५ महिनाको अरु उपलब्धिमा मूल्यवृद्धि, करवृद्धि, साइकलमा कर लगाउने र साधु तथा ज्योतिषलाई पनि कर लगाउने। भ्रष्टाचार सिंहदरबारमा, प्रदेश र स्थानीय तहमा व्यापक भएको, ४ वर्षदेखि ६५ वर्षसम्म बालिका र महिलाको बलात्कारको उपलब्धि, शान्ति सुरक्षा ः माननीयदेखि जनतासम्मको असुरक्षा, के गर्दैछ सरकार ? 

प्रकाशित: २९ श्रावण २०७५ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App