१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दार्चुला सडक २ दिनदेखि अवरुद्ध

दार्चुला – लगातारको वर्षाका कारण पहिलो जादा दार्चुलाको गोकुलेश्वर–दार्चुला खण्ड २ दिनदेखि अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकमा ठूलो पहिरो खस्दा  गोकुलेश्वर–दार्चुलाको सडकखण्ड अन्र्तगत मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा सडक माथिबाट सोमबार बिहान साढे ९ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक खुलाउन डिभिजन सडक कार्यालय पाटन बैतडीबाट आएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भएपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। लगातारको वर्षा र निरन्तर पहिरो खसेका कारण सडक खुलाउन गाह्रो भएको दार्चुलाका डिएसपी नवराज अधिकारीले बताए। 

‘सडक बीचमा ठूलो ढुंगा भएकाले  सानो डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेसिन आवश्यक छ,’  उनले भने, ‘अहिले काम गरिरहेको जेसिभीले पहिरो पन्छाउन नसकेकाले ठूलो स्काभेटर नै आवश्यक भएकाले बैतडी प्रहरीसँग डोजर मगाउने तयारी भएको छ।’ सडकमा ठूला ठूला बोल्डर रहेकाले चेन भएको डोजर आवश्यक रहेको र जिल्लामा डोजर भएपनि बोक्ने गाडी नभएकाले बैतडीबाट मगाउने तयारी भइरहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ।

उक्त राजमार्गअवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन्। दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन २ दिनदेखि  बीच बाटोमै रोकिएका छन्। सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: २९ श्रावण २०७५ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App