१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीकाे बाढीले तीव्र कटान

टीकापुर नगरपालिका ५ शाहीपुरको कटान ।

टीकापुर– कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा तीव्र कटान थालेको छ। नदी केही दिनयता झण्डै ५ मिटर पश्चिमतर्फ  बग्न थालेको छ। नदी नियन्त्रणका लागि निर्मित तटबन्ध केही दिनअघि नै बगाईसकेको छ। 

नदी नियन्त्रणका लागि स्थानीयले राखेको जैवीक तटबन्ध समेत पानीले बगाएपछि त्रास फैलिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले नदी नियन्त्रणको प्रयास थालेका छन्। नदीको गति तीव्र भएका कारण रोकथामको प्रयास प्रभावकारी हुन सकेको छैन्। 

टीकापुर नगरपालिकाका शाहीपुर, सिमरेनी, बसन्ताका साथै साविक नारायणपुर र धनसिँहपुर गाविसको ठूलो बस्ती जोखिममा छन्। कर्णाली नदीले कैलालीतर्फ विभिन्न ठाउँमा कटानी गरेको छ। सत्तीघाट, सनकट्टीघाट लगायतका ठाउँमा वर्षेनी कटानी गर्दै आएको छ।

प्रकाशित: २९ श्रावण २०७५ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App