१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं – बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

सोमबार समूह ‘बी’ को विजेता टुंगो लगाउन भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो । समूह चरणको पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए।

पहिलो खेलमा पाकिस्तानलाई १४–० ले पराजित गरेको बंगलादेश समूह ‘बी’ को विजेता बनेको छ । समूहको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को जित हासिल गरेको नेपाल घरेलु टोलीसँग पराजित भएपछि उपविजेतामा सिमित भएको छ।

उपविजेता बनेसँगै नेपालले सेमिफाइनलमा भारतलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । भारत समूह ‘ए’को विजेता टोली हो । नेपालको समूहबाट विजेता बनेको बंगलादेशले समूह ‘ए’ को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्नेछ। 

सोमबारै चाढोगरि भएको समूह ‘ए’ को अन्तिम खेलमा भारतले भुटानलाई १–० को नतिजामा पराजित गर्दै विजेताको हैसियत बनाएको थियो । ५७औं मिनेटमा सिल्की देवीले गरेको गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो । ३ अंक जोडेको भुटान उपविजेतामा सिमित भयो । भारत र भुटान दुवैले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेका थिए।

भारतले बिहीबार श्रीलंकालाई १२–० को नतिजामा पराजित गर्दा भुटानले शनिबार ६–० को विजयी नतिजा निकालेको थियो । सेमिफाइनलका खेलहरु बिहीबार हुनेछन्।

 

 

प्रकाशित: २९ श्रावण २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App