१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कुबेत पुगेका एक नेपालीको मृत्यु

खोटाङ – बैदेसिक रोजगारीको सिलसिलामा कुबेत पुगेका एक नेपालीको मृत्यु भएको छ। कुबेतमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका निरबहादुर राईको मृत्यु भएको हो।

सवारी दुर्घटनामा मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण यकिन हुन बाँकी रहेको आफन्त ध्रुबबिक्रम राईले बताए।

राई बैदेसिक रोजगारीका सिलसिलामा बिगत ६ वर्ष अघिदेखि कुबेतमा काम गर्दैआएका थिए। ‘उहाँ (निरबहादुर)को सवारी दुर्घट्नामा मृत्यु भएको भन्ने खबर आएको छ,’ राईले भने, ‘तर, मृत्युको आधिकारिक कारण बारे थाहा हुन सकेको छैन।’

प्रकाशित: २९ श्रावण २०७५ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App