१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लगातारकाे पहिराेले बुढीगंगा नदी थुनिने खतरा

द्धवारी क्षेत्रमा थुनिने अवस्थामा पुगेको बुढीगंगा नदी ।

बाजुरा - जिल्लाको ठुलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा पर्ने द्धवारीमा त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो।

पहिरो झर्ने मात्रा बढेपछि नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगर प्रमुख रामसिंह रावलले बताए। बर्षा नरोकिएपछि पहिरो नियमित बग्न थालेको छ। पहिरो नरोकिएर नदी थुनिने खतरा बढेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए। त्रिवेणीको साइडबाट पहिरोले नदीलाई एकतिर पारिसकेको र यतापट्टी पनि पहाड भएकोले बीचमै थुनिन सक्ने अधिकारी बरालको भनाई छ।

नदी थुनिएसँगै साँफे मार्तडी सडक अवरुद्ध मात्र हुने नभई पूर्ण रुपमा क्षति हुने र ठूलो मात्रामा नोक्सानी हुने अनुमान गरिएको छ। पहिरोले पैमाको बस्ती जोखिममा छ। भने नदी थुनिने बित्तिकै बुढीगंगा नगरपालिका १ अम्कोट र बल्देको बस्ती सार्नु पर्ने अवस्था आउने स्थानीय बताउँछन्। जोखिम बढेपछि सेना, प्रहरीलाई समेत तयारीमा राखेको र स्थानीयलाई समेत सचेत गराइएको प्रमुख जिल्ला अधिकारी बरालले बताए।

नदी थुनिने खतरासँगै अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ। अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले जोखिम बढ्न सक्ने देखिएपछि डिएसपीे नेतृत्वको सशस्त्र प्रहरीले सम्बन्धित स्थलमा पुगेर वास्तविक अध्ययन गरेर आएको बताए। नदी जतिबेला पनि थुनिन सक्ने खतरा भएकाले स्थानीय २ जनालाई नियमित सम्पर्कमा राखेको प्रजिअ आचार्यले बताए।

नदी थुनिने खतरा सँगै त्यहाँ नजिक आउन जान रोकिएको छ भने झोलुङ्गे पुलमा समेत आवतजावत बन्द गरिएको छ। द्धवारीबाट पैमा गाँउमा जाने बाटो समेत बन्द भएको त्रिवेणी नगरपालिकाले बताएको छ। नदी थुनिन सक्ने खतरा बढेपछि गृहमन्त्रालय सम्म जानकारी गराईसकेको प्रमुख जिल्ला अधिकारी बरालले बताए। नदी थुनिने खतरासँगै बाजुराको ताँप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा परेका छन्।

प्रकाशित: २८ श्रावण २०७५ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App