१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा चार विधेयक पेश

काठमाडौ–राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ छन् । 
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ पेश गरेका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ पेश गरिन्। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ पेश गरेका हुन्। रासस

 

प्रकाशित: २८ श्रावण २०७५ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App