१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यायालयले प्रभावकारी ढंगले न्याय सम्पादनन गरेको छः न्यायाधीश पराजुली

अर्घाखाँची– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीस गोपाल पराजुलीले न्यायालयले प्रभावकारी ढंगले न्याय सम्पादन गरिरहेको बताएका छन्। उनले  न्यायबिनाको समाजको परिकल्पना पनि गर्न नसकिने बताए।

जिल्ला अदालत अर्घाखाँचीको उद्घाटन गर्दै उनले सबै निकाय उत्तरदायी र पारदर्शी बने विधिको शासनको प्रत्याभूति हुने बताए। शसस्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोही पक्षको आक्रमणमा भवनमा  क्षति पुगेको थियो। भवन पुनर्निर्माणको काम थालनी भएपछि जिल्ला विकास समितिको सभाहल भाडामा लिएर कार्यालय खडा गरिएको छ। न्यायाधीस पराजुलीले उक्त कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।

‘विधिको शासन भनेको दण्डरहित समाज हो’ उनले भने, ‘राज्यको जन्म न्यायको लागि भएको हो, प्रत्येक नागरिकको जन्म न्यायको लागि भएको हो ।’  उनले तल्लो तहको अदालतलाई माथिल्लो तहको अदालतले सेवा सुविधा उपलव्ध गराउनु पर्ने बताए । ‘सर्वोच्चले सरकारसँग माग गरेर सेवा सुविधा उपलव्ध गराउनुपर्छ’ उनले भने, ‘सरकारले आनाकानी गर्नुहुँदैन।’

उनले हिजोको समाज धेरै सरल भएको भन्दै आजको समाजमा छलछाम बढ्न थालेको बताए।
केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष समेत रहेका पराजुलीले जिल्लामा मुद्दा फैसला कार्यान्वयनमा केहि समस्या रहेपनि त्यसलाई माथि छलफल गरेर हल गर्ने बताए ।

 

प्रकाशित: ९ असार २०७३ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App