प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

आइतबार, २७ साउन २०७५, १२ : २९ नागरिक

बैतडी – प्रदेश नं. ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ। प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन्। सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव दिए।

प्रतिष्ठानको २४औँ वार्षिक साधारणसभाले प्रदेश नं. ७ को नाम सहिद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको नाम दशरथचन्द प्रदेश राख्नुपर्ने उनले बताए।

सहिद दशरथचन्द देशकै सहिद भएकाले उनको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए।

प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि गठन भएको संसदीय समितिले अहिले सुझाव सङ्कलनको काम गरिरहेको छ। साउन २१ गतेभित्र नाम र स्थायी राजधानीको लागि सुझाव दिन समितिले म्याद दिएको भए पनि सुझाव सङ्कलन कार्य जारी रहेकाले समितिको म्याद एक हप्ता थपिएको छ।

प्रतिष्ठानले बैतडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने, सहिद दशरथचन्दको जीवनीमा आधारित वृत्तचित्र निर्माण गर्ने, सहिद दशरथचन्दको इतिहास समेटिएको ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ। यसका लागि दशरथचन्द नगरपालिकाले  १० लाख विनियोजन गरेको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad