१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यारेवियन प्रिमियर लिगः सन्दीपको टोली सेन्ट किट्सको पहिलो जित

काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले पहिलो जित दर्ता गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा सेन्ट किट्सले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्न सफल भयो। सेन्ट किट्स पहिलो खेलमा भने पराजित भएको थियो। 

टस हारेर पहिले ब्याटिङ्ग गरेको सेन्ट किट्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रनको उच्च योगफल तयार पारेको थियो। किट्सका डेभोन थोमसले सर्वाधिक ५८ रनको योगदान दिए। उनले ३४ बलमा ९ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै कार्लोस ब्राथवेटले १५ को सामना गर्दै १ चौंका र ५ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमा कप्तान क्रिश गोलले ३५ र बेन कटिङले नटआउट २५ रनको योगदान दिए।  बलिङ्तर्फ ट्रिनबागका अली खानले ३, सुनिल नारिनेले २ तथा ड्वाने ब्राभो र केभोन कोपरले एक एक विकेट लिए।

जवाफमा २०४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले पूरै २० ओभर खेलेपनि ८ विकेट गुमाएर १६१ रनमात्र बनाउन सक्यो। उसका लागि कोलिन मुनरोले ३५, ड्वाने ब्राभोले ४१ र केभिन कुपरले अविजित ४२ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन्। ट्रिनबागोलाई १६१ रनमा समेटन कार्लोस ब्राथवेट, बेन कटिङ र जेरेमिह लुइसले २–२ तथा सन्दीप लामिछाने र सेल्डन कोटरेलले एक–एक विकेट दिए।

नेपाली बलर सन्दीपले आज पनि उत्कृष्ट बलिङ गरे। ३ ओभरमात्र बलिङ गरेका उनले १७ रन खर्चिएर १ विकेट लिए। उनले आफ्नो पहिलो ओभरमा मेडन ओभर गर्दै एक विकेट लिएका थिए। ओपनर क्रिश लिनलाई सन्दीपले बोल्ड आउट गरे। आफ्नो दोस्रो ओभरमा ३ रन मात्र दिएका सन्दीपले तेस्रो तथा अन्तिम ओभरमा भने १४ रन दिएका थिए। उनको अन्तिम ओभरमा केभिन कुपरले एक छक्का र एक चौका प्रहार गरे पनि कुपरको एउटा क्याच मिस भएको थियो। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App