१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘राष्ट्रहितविपरित’ भन्नु हीनताबोधः भट्टराई

काठमाडौं—नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘राष्ट्रहित विपरित सम्झौता नहोस्’ भन्ने भाषाले हिनताबोधको अर्थ दिने उल्लेख गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण अगाडि विभिन्न विभिन्न समूह तथा पार्टीहरुले राष्ट्रहित विपरित सम्झौता नगर्न सुझाव दिइरहेका बेला भट्टराईको अभिव्यक्ति दिएका हुन्।

ट्विट गर्दै उनले भनेका छन्, ‘राष्ट्रहितविपरित संझौता नहोस् भन्ने हीनतावोधअर्थी भाषा प्रयोग सट्टा राष्ट्रहितअनुकुल सम्झौता होस् भन्ने आत्मविश्वासपूर्ण भाषा प्रयोग गरौं न!'

'राष्ट्रहित विपरित सम्झौता नहोस्' भन्नुको सट्टटा ‘राष्ट्रहितअनुकूल सम्झौता होस्’ भन्दा आत्मविश्वासपूर्ण हुने उनले सुझाएका छन्।

ट्विट गर्दै उनले भनेका छन्, ‘राष्ट्रहितविपरित संझौता नहोस् भन्ने हीनतावोधअर्थी भाषा प्रयोग सट्टा राष्ट्रहितअनुकुल सम्झौता होस् भन्ने आत्मविश्वासपूर्ण भाषा प्रयोग गरौं न!'

प्रमुख प्रतिपक्षी एमाले सहित अन्य दल तथा समूहहरुले प्रधानमन्त्री दाहाललाई राष्ट्रहित विपरित सम्झौता नगर्न खबरदारी गरेका थिए। दाहालले भदौ ३० देखि भारत भ्रमण गर्दैछन्।
 

प्रकाशित: २८ भाद्र २०७३ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App