काठमाडौं – चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ। प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा हडल्सफिल्ड टाउनलाई ३–० ले स्तब्ध पार्दै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो।
खेलमा चेल्सीलाई विजयी गराउन ३४ औं मिनेटमा एन्गोलो कान्टे, ४५ औं मिनेटमा पेनाल्टीमार्फत जर्जिन्हो र ८० औं मिनेटमा पेड्रोले एक एक गोल गरे। यही खेलमार्फत विश्वकै सबैभन्दा महंगा गोलकिपर केपा अरिजाबालागाले पनि चेल्सी डेब्यू गरेका छन्।
त्यस्तै रातीनै सम्पन्न अन्य खेलहरूमा बर्नमाउथले कार्डीफ सिटी, क्रिष्टल प्यालेसले फुलह्याम तथा वार्टफोर्डले ब्राइटलनलाई समान २–० ले पराजित गर्दा एर्भटन र ओल्भरह्याम्टनले भने २–२ को बराबरी खेल्दै प्रतियोगिताको शुरुवात गरेका छन्।
यस्तै आइतबार राती पनि ३ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा हुने खेलमा लिभरपुल र वेष्टह्याम तथा साउथ ह्याम्प्टन र बर्नली आमने सामने हुनेछन्। लिभरपुललाई यो सिजनको प्रिमियर लिगको उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
यता राती ८ः४५ मा हुने अर्को खेलमा साविक विजेता म्यान्चेस्टर सिटी र आर्सनल भिड्दैछन्। यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। आर्सनलको घरेलु मैदानमा हुने खेलमा दुवै टोली जित हात पार्दै प्रतियोगितालाई सुखद पार्न चाहन्छन्। पहिलो चरणको खेलमध्ये यी दुई टोलीबीचको खेल बहुप्रतिक्षित खेल हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत