१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भारतीको तीज गीत सार्वजनिक

काठमाडौं – गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत ‘यसपालिको तीजैमा दिदीबहिनी मिलेर एकैदिन गरी दर खाने म त’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द र संगीत छ। 

शास्त्रीय र आधुनिक गीतमा रमाउने भारतीले सन्देशमूलक  गीतलाई बढी प्राथमिकतामा दिन्छिन्। गीतमा कुसल सिंहको अरेन्ज छ। 

भिडियोमा आशा ठकुरी, जस्मिन फुँयाल, ज्योति ठकुरी, दीपा पाठक, बोना कोइराला र भारतीको अभिनय छ। भारतीकै निर्देशन रहेको भिडियोमा जनकराज पराजुलीको छायांकन, अमन रानाको नृत्य र गोविन्द स्मितको सम्पादन छ।

 

प्रकाशित: २७ श्रावण २०७५ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App