१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र बंगलादेश सेमिफाइनलमा

तस्बिर सौजन्य : विनाेद डंगाेल

काठमाडौं – नेपालले शनिबार पाकिस्तानलाई ४–० ले पराजित गर्दै बंगलादेशमा जारी साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।  

लगातार दुई खेलमा पराजित भएको पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशले पाकिस्तानलाई बिहीबार पराजित गरेको थियो । एक÷एक खेलमा विजयी नेपाल र बंगलादेश  अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।  अब नेपालले समूह ‘बी’ मा आयोजक बंगलादेशसँग समूहविजेताको छिनोफानोका लागि सोमबार प्रतिस्पर्धा गर्नेछ । बंगलादेश यसअघिको संस्करणको विजेता हो।  

थिम्पुको चाङली मिथाङ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सविता रानामगरले दुई, अनुष्का शेर्पा र रजनी ठोकरले समान १÷१ गोल गरे । आठौं मिनेटमा अनुष्का शेर्पाको गोलबाट नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि १४औं मिनेटमा सविता रानामगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन्।

पहिलो हाफमा २–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै थप दुई गोल गर्न सफल भयो । ५६औं मिनेटमा सविता रानामगरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता ३–० मा पुर्याएकी थिइन् । तेस्रो गोलको चार मिनेटपछि नै रजनी ठोकरले गोल गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्याएकी थिइन्।

यस्तै शनिबारै सम्पन्न अर्को खेलमा भुटानले श्रीलंकालाई ६–० ले पराजित गरेको छ । यससँगै समूह ‘ए’ बाट सबै तीन टोलीले एक–एक खेलमा जित हात पारेका छन् । अब अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो सोमबार हुने खेलले मात्रै निर्धारण गर्नेछ । सोमबार समूह ‘ए’ का टोली भारत र भुटान आमनेसामने हुनेछन्।  

यसअघि बिहीबार भएको खेलमा भारतले श्रीलंकालाई १२–० तथा दोस्रो खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १४–० को फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेका थिए।  

आगामी भदौ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भुटान, नेपाल, बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान गरी ६ राष्ट्रले  सहभागिता जनाएका छन्। 

प्रकाशित: २६ श्रावण २०७५ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App