१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इनारमा डुबेर दुई जनाको ज्यान गयाे

काठमाडौं - इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिवार चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको डुवेर मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए। रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेका र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनको समेत डुवेर मृत्यु भएको हो। रासस

प्रकाशित: २६ श्रावण २०७५ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App