१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिलो प्रतिपक्षी दलका नेता भरत शमशेर राणाको निधन

काठमाडौं- तत्कालिन गोरखा परिषदका अध्यक्ष भरत शमशेर राणाको निधन भएको छ। ९० वर्षको उमेरमा भारतको कलकत्तामा राणाको आज विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए। २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो।  

राजा महेन्द्रको 'कु' पछि भरत शमशेरले कांग्रेससँग एकता गरेका थिए। नेपाली कांग्रेसमा राजालाई सहयोग गर्ने आवाज उठ्दा उनले त्यसको विरोध गरेका थिए। कांग्रेसमा सूवर्ण शमशेर लगायतले उनलाई कारबाहीको माग समेत गरेका थिए।

नेपाली कांग्रेस र गोरखा दलबीच सन् १९५३ मा भएको झडप पछि सरकारले भरत शमशेरलाई गिरफ्तार गरेको थियो। पछि सरकारद्वारा गठित न्यायिच आयोगले छानबीनमा निर्दोष पाएपछि उनी रिहा भएका थिए। सन् १९५१ मा बीपी कोइरालामाथि आक्रमणको घटनापछि सरकारले गोर्खा दलमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धित गोरखा दल सन् १९५२ मा गोर्खा परिषदका नामबाट पुनर्गठन भएको थियो। 

सुरुवाती चरणमा गोर्खा परिषद नेपाली कांग्रसका विरुद्धमा प्रयोग भए पनि राजा महेन्द्रको कु पछि कांग्रेससँग मिलेको थियो। 

प्रकाशित: २६ श्रावण २०७५ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App