१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा

काठमाडौं– प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा नेपाल रिपब्लिक मिडियाका प्रकाशनहरु नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा परेका छन् भने रिपब्लिका दैनिक ‘क’ वर्गमा परेको छ।

'क प्लस' वर्गमा परेका अन्य अखवारहरुमा गोरखापत्र, कान्तिपुर, दि हिमालय टाइम्स र नयाँ पत्रिका रहेका छन्। यसैगरी क प्लस बर्गमा परेका अन्य साप्ताहिक पत्रिकाहरुमा नेपाल साप्ताहिक, जनआस्था साप्ताहिक, सर्वोत्तम नारी मासिक, हिमाल खवरपत्रिका र साप्ताहिक रहेका छन्। जनअास्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष हुन्।

यसैगरी क वर्गमा परेका अन्य अखवारहरुमा द काठमाडौ पोष्ट, द राइजिङ नेपाल, कारोवार, अन्नपूर्ण पोष्ट, राजधानी, नेपाल समाचारपत्र, हिमालय टाइम्स, आर्थिक अभियान, आर्थिक दैनिकपत्र र सौर्य दैनिक लगायत छन्।

प्रेस काउन्सिलले जनाए अनुसार वर्गीकरणका लागि आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने हुबहु समाचार सारेको र न्यूनतम प्रकाशन अंक नपुग भएका कारण १३७ पत्रपत्रिका वर्गीकरणमा परेका छैनन्।

प्रेस काउन्सिलको वर्गीकरण सँधैजसो आलोच्य रहँदै आएको छ। वर्गीकरण चित्त नबुझेमा पनुरावलोकनका लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिन भित्र आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको पनि काउन्सिलले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App