१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र थाइल्याण्डको यु–२३ टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं – एसियन गेम्स र साफ च्याम्पियन्सीपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली यु–२३ टिमले मैत्रीपूर्ण खेलमा शुक्रबार थाइल्याण्डको यु–२३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ। खेल थाम्मासत युनिभर्सिटी मैदानमा अपरान्ह शुरु हुनेछ।

पहिलो अभ्यास खेलमा आत्माघाति गोलका कारण स्थानीय टोली पुलिस टेरोसँग १–० ले पराजित भएको नेपाली टोली आजको खेल जित्दै थाइल्याण्ड बसाइको सुखद अन्त्य गर्ने दाउमा रहेको छ। आजको खेलमा नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङ कप्तानको भूमिकामा मैदान उत्रिदैछन्।

भिसा समस्याका कारण पहिलो खेल गुमाएका चेम्जोङ बुधबार मात्र थाइल्यान्ड पुगेका थिए। उनको अनुपस्थितिमा मिडफिल्डर विशाल राईले पहिलो खेलमा कप्तानको भुमिका निर्वाह गरेका थिए। आजको खेल सकिएपछि नेपाली यु–२३ टोली त्यहीबाट इन्डोनेसियामा जानेछन्। एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुँदैछ।

एसियन गेम्समा नेपालको समूहमा जापान, भियतनाम र पाकिस्तानसँग रहेका छन्। नेपालले पहिलो खेल जापानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। 

 

प्रकाशित: २५ श्रावण २०७५ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App