१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

असोज पहिलो हप्ता फर्निसिङ एक्स्पो

काठमाडौं – असोज पहिलो हप्ता ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ हुने भएको छ। असोज ४ गतेदेखि हुने एक्स्पोमा सहभागी हुन ९० प्रतिशत स्टल बुकिङ भएको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ।

संघले १४ गतेदेखि एक्स्पो हुने भनेकोमा बिम्स्टेक सम्मेलन हुने भएका कारण अघि सारिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी प्रदर्शक सहभागी हुनेछन्।

एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोलाई होम डेकोर विशेष बनाइने बताए। आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकले बताएको छ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, सजावटका सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन एक्स्पोको आकर्षण बन्ने आयोजकको भनाइ छ।

असोज ८ गतेसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने आयोजकले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App