१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छाेरा अपहरणमा परेकाे गलत सूचना दिने पक्राउ

काठमाडौं - छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले विहिवार नियन्त्रणमा लिएको हो। 

विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए। सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निज राकेश विष्टको खोजतलास गरी महाशाखामा ल्याई सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकोले प्रहरीलाई भ्रममा पार्न खोजेकाले आवश्यक कानूनी कारवाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले विज्ञप्ति मार्फत जनाएको छ। रासस

प्रकाशित: २४ श्रावण २०७५ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App