१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छाेरीकाे हत्या अाराेपमा बाबुअामा सहित चार पक्राउ

बारा - एक किशोरीको हत्या आरोपमा बारा प्रहरीले उनका बाबुआमा सहित चार जनालाई नियन्त्रणमा लिएको छ। कलैया उपमहानगरपालिका ५ बस्ने १७ बर्षीया प्रियंका मिश्राको हत्यामा परिवारकै संलग्नता रहेका अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ। मिश्राको हत्या आरोपमा उनका बाबु बृजशिकोर मिश्र, आमा पुष्पा देवी मिश्रा, काकाहरु रामनाथ मिश्रा र हरीकिशोर मिश्रालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन।

मिश्राको मृत्युको अनुसन्धान गर्दा उनको मृत्यु भन्दा हत्या भएको र  पक्राउ परेका चारै जनाको त्यसमा प्रत्यक्ष संलग्नता रहेको खुल्न आएको चौधरीले बताईन्। अन्तर जातीय केटासँग प्रेम सम्बन्धमा रहेको कुरा थाहा पाएपछि परिवारका सदस्यहरुलेनै उनको हत्या गरेको हुन सक्ने प्रहरी अनुमान छ।

असार १२ गते कलैया स्थित आफ्नै घरमा मृत्यु भएकी उनको शव कलैयाबाट १२ किलोमिटर टाढा रहको सुर्वण गाउँपालिकाको हर्दियामा लगेर गुपचुप तरिकाले रातीको समयमा परिवारका सदस्यहरुले दाह संस्कार गरेकाले घटनामा परिवाका सदस्यहरुकै संलग्नता हुन सक्ने प्रहरीले बताएको छ।

मृत्युको बारेमा प्रहरीलाई जानकारी नदिएर घटनालाई लुकाउन खोजिएकोले मिश्राको मृत्यु भन्दा हत्या गरीएको शंका शुरु देखि नै प्रहरीले गरेको उपरीक्षक चौधरीले बताइन्।

हत्या गरिएकी मिश्रा वीरगन्जको द हिमाल इन्स्टिच्युट हेल्थ एण्ड टेक्निकल साईन्स कलेजमा एचए अध्ययनरत थिइन् । 

प्रकाशित: २४ श्रावण २०७५ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App