१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन अध्ययन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ।

‘महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ’, नगर प्रमुख डा. धवलशम्शेर राणाले भने।

महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि २५ लाखसमेत छुट्याइएको छ। प्रदेश नं. ५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ। सोही अवधारणा अनुसार नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो। प्रदेश नं. ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ।

‘अबको स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइ सक्छौँ’, राणाले भने। बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो। महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ। रासस

प्रकाशित: २४ श्रावण २०७५ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App