१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–चीन केरुङ राजमार्ग बन्द

रसुवा—सोमबार बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा नेपाल-चीनबीच हुने ढुवानी सेवा अवरद्ध भएको छ।

अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर गर्ने अवस्थासमेत नरहेको बताइएको छ।

पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार-पाँच दिन लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: २७ भाद्र २०७३ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App