१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोरियाले आणविक परीक्षण गर्दा नेपालले विरोध जनायो

काठमाडौं—जनगणतन्त्र कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत सोमबार एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो।

सबै किसिमका आमविनाशकारी हतियारको पूर्ण निशस्त्रीकरणमा नेपालले लिएको स्थिर नीतिअनुसार त्यस्ताखाले परीक्षणको विरुद्धमा रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल सरकारले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको कामना गर्दै यस्ता गतिविधि रोक्न कोरियाली सरकारसँग आग्रहसमेत गरेको छ । रासस

प्रकाशित: २७ भाद्र २०७३ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App