टोकियो— गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो सातौ बार्षिक साधारणसभाको तयारीलाई तीब्रता दिएको छ। नीति तथा कार्यक्रमसँगै भावी योजना प्रस्तुत हुने साधारण सभा आगामी सेप्टेम्वर २५ तारिख आईतवार गरिने तय भएको छ।
वर्षिक साधारणसभा यस पटक जापानको ओकिनावाको नाहा शहरमा गरिने जनाइएको छ। साधारणसभाको लागि आवश्यक तयारीमा जुट्न सबै क्षेत्रिय कमिटी र सम्बन्धित पक्षलाई जानकारी गराईएको एनआरएनए जापानका उपाध्यक्ष देवीलाल भण्डारीले बताए।
साधारण सभामा सभामा क्षेत्रिय कमिटिबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ। राष्ट्रिय कमिटीले आफ्नो बार्षिक आयब्यय प्रस्तुत गर्दै नीति तथा नियम र भावी कार्ययोजना प्रस्तुत गर्नेछ। विधानमा देखिएका कमिकमजोरी र आवश्यकताअनुसार संशोधन प्रस्ताव सभामा पेश गरिने एनआरएनए जापानले जनाएको छ।
उक्त कार्यक्रमको लागि आयोजकले सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। एनआरएनए जापानले आफ्नो वार्षिक साधारण सभा बिभिन्न क्षेत्रिय स्तरमा सम्पन्न गर्दै क्षेत्रिय स्तरबाट सल्लाह,सुझाब र गुनासाहरू संकलन गर्दै आएको छ।
प्रकाशित: २७ भाद्र २०७३ ११:२५ सोमबार