१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेको आशंका

काठमाडौं – काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ।

खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा परेका हुन् वा हराएका हुन भन्ने एकिन भइनसकेको बताए।

उनका अनुसार हिजो रातिदेखिनै प्रहरीले खोजी कार्य जारी राखेको छ। उनी र उनका टीमहरू अहिले काठमाडौंको काडाँघारी, भक्तपुरको ठिमी र ललितपुर आसपासमा खटिएका छन्। ‘अपहरण नै परेका हुन् भन्ने कुरा अहिले भन्न सकिदैन, हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ,’ एसएसपी पोखरेलले भने, केही समयमै यसको रिजल्ट आउने छ।’

प्रकाशित: २१ श्रावण २०७५ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App