१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१३ वर्षीया बालिका बलात्कृत

फाइल फाेटाे

टीकापुर – पछिल्लो समयमा एकपछि अर्को बलात्कारका घटना हुन थालेका छन्। देशैभर दिनहुँ कोही न कोही बलात्कारको सिकार भैरहेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बलात्कार आरोपी बसन्त बुढा (२०) पक्राउ परेका छन्।

उनले साउन १७ गते साँझ ५ बजे बालिकालाई बलात्कार गरेको बताइएको छ। बलात्कार आरोपी युवकको चिसापानीमा होटेल छ। प्रहरीका अनुसार उनले आफ्नै होटलको शौचालयमा बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।

बलात्कार आरोपी युवकलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरेको इप्रका लम्कीका इञ्चार्ज सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। उनले पीडित बालिकाको स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाइएको बताए।

प्रकाशित: २० श्रावण २०७५ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App