१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक अर्ब बजेट फ्रिज

रामेछाप – रामेछापमा गत आर्थिक वर्ष २०७४–७५ लागि आएको बजेटमध्ये करिब १ अर्ब रुपैयाँ फ्रिज भएको छ। 

चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ बजेट खर्च गर्न नसक्दा फ्रिज भएको हो । उक्त रकम जिल्लाले पाएको कुल बजेटको ७.३२ प्रतिशत हुन आउँछ।  

जिल्लामा आएको बजेटको अख्तियारीलाई हेर्दा ९२.६८ प्रतिशत मात्र बजेट खर्च भएको देखिन्छ । अन्य रकम काम हुन नसक्दा राज्यकोषमा नै फिर्ता गएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रामेछापले जानकारी दिएको छ । बजेट समयमै आएको भएपनि सम्बन्धित कार्यालयहरुले समयमा खर्च नगरी असारको अन्तिममा मात्र काम गर्ने प्रवृतिले रकम फिर्ता भएको कार्यालयले जनाएको छ।

जिल्लामा पुँजीगततर्फ विनियोजन भएको दुई अर्ब १५ करोड ८८ लाख ३१ हजारमध्ये १ अर्ब ६८ करोड ९८ लाख २० हजार ७ सय ५२ रुपैयाँमात्र खर्च भएको छ । पुँजीगत बजेटतर्फ ४६ करोड ९० लाख १० हजार २ सय ४७ रुपैयाँ फ्रिज भएको हो । चालुतर्फ विनियोजित ११ अर्ब ४१ करोड ९२ लाख ६४ हजार ५ सय ७६ मध्ये ५२ करोड ४० लाख ९४ हजार ५ सय ९९ रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको कोलेनिकाले जनाएको छ।

दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको रामेछापमा पाँचवटा स्थानीय तहको सशर्त अनुदान रकमसमेत खर्च हुन नसकेको देखिन्छ । तीनवटा स्थानीय तहको बजेट खर्च हुन नसके पनि खर्च हुन नसकेको शीर्षकमा उल्लेख नभएको कोलेनिका रामेछापका लेखापाल कमल गौतमले जानकारी दिए। 

प्रकाशित: २० श्रावण २०७५ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App