१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रभु इन्स्योरेन्स २३ वर्षमा

काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २३ वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३औं स्थापना दिवसको कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले निर्जीवन बिमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औसत भए तापनि दाबी भुक्तानी न्यून र अन्य परिसूचकहरु राम्रो रहेको बताए। 

अध्यक्ष चापागाईंले बिमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमनका कारण कम्पनीको सुशासन राम्रो हुँदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बिमा व्यवसाय १७ प्रतिशतले बढेको बताए। 

कम्पनीका अध्यक्ष कुसुम लामाले बिमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बिमा कम्पनीको हितमा रहेको र समितिको सही मार्ग निर्देशनले कम्पनीको व्यवसाय वृद्धि हुने बताइन् । बिमा तालिम केन्द्र स्थापनाले बिमा क्षेत्रमा दक्ष जनशक्ति विकास हुने उनको भनाइ छ । बिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन भइसकेको र केही दिनमै बाँडफाँडपछि तोकिएको चुक्ता पुँजी पुग्ने पनि उनले बताइन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बढाएको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा दिइरहेको कम्पनीले केही समयभित्रै सातवटा शाखा विस्तार गर्ने जनाएको छ।

 

प्रकाशित: २० श्रावण २०७५ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App