१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एमआइटी ग्लोबल स्टार्टअप ल्याब्सका उत्कृष्ट स्टार्टअप आइडिया घोषणा

काठमाडौं – काठमाडौंमा सम्पन्न भएको एमआइटी ग्लोबल स्टार्टअप ल्याब्स (जिएसएल) का विजेता घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विजेता घोषणा गरिएको हो।

एमआइटी, काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा नेपालमा पहिलोपटक सञ्चालन गरिएको एमआइटी जिएसएल कार्यक्रममा निर्णायक मण्डलले तीन उत्कृष्ट स्टार्टअप आइडियाहरु ‘सजिलो मर्मत सेवा’लाई पहिलो, ‘किन्डर’लाई दोस्रो र ‘ओपस’लाई तेस्रो घोषित गरिएको छ।

अमेरिकी विश्वविद्यालय म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआइटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा सञ्चालन गरेको एमआइटी ग्लोबल स्टार्टअप ल्याब्स (जिएसएल) को सात हप्ता लामो गहन इनोभेटिभ बुटक्याम्पमा सहभागी नौ विद्यार्थी समूहले बिहीबार ‘डेमो डे’को अवसरमा आ–आफ्ना स्टार्टअप आइडिया र व्यावसायिक योजना निर्णायक मण्डलसामु प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थीलाई आफ्ना नविन सोचमा आधारित उद्यमशीलताका योजना प्रस्तुत गर्न र नेपालमा स्टार्टअप कल्चरलाई प्रेरणा दिन डेमो डे आयोजना गरिएको थियो।

डेमो डेमा स्वास्थ्य, शिक्षा, पर्यटन र व्यावसायिक सेवा लगायत क्षेत्रलाई सम्बोधन गर्ने गरी विभिन्न विशिष्ट स्टार्टअप आइडियाहरु र यी आइडियामा आधारित रहेर तयार पारिएका प्रोटोटाइप प्रस्तुत गरिएका थिए। यी स्टार्टअप आइडियाले सम्बन्धित क्षेत्रको सेवा प्रवाहलाई थप परिस्कृत गर्न मद्दत गर्ने कार्यक्रममा जानकारी गराइयो। प्रस्तुत गरिएका प्रोटोटाइपले एमआइटी जिएसएल कार्यक्रमका दौरान विद्यार्थीले सिकेका कौशल प्रतिबिम्बित गरेका थिए।

डेमो डेमा उद्यमी, विभिन्न व्यवसायका नेतृत्वकर्ता, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा अधिकारी र सम्भावित लगानीकर्ता उपस्थित थिए।

कार्यक्रममा सहभागी काठमाडौं विश्वविद्यालयका ३५ विद्यार्थीले आफूहरुलाई नौवटा समूहमा आबद्ध गराई आ–आफ्ना स्टार्टअप आइडियामा काम गरेका थिए। उनीहरुलाई एमआइटीका चार प्रशिक्षकले प्रत्यक्ष प्रशिक्षण दिएका थिए।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी र आल्मुनाईका एक सय ५० आवेदक मध्येबाट छानिएका ३५ विद्यार्थीका नौ समूहले सात हप्तासम्मको प्रशिक्षण, सिकाइ र बजार अनुसन्धानपछि आफ्ना स्टार्टअप आइडिया प्रस्तुत गरेका हुन्। पेजभ्याम्प डटकमका सिओओ तथा सह–संस्थापक अतुल्य पाण्डे, खालिसिसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुसी केसी, अर्बन गर्ल, युजी केक्स् र युजी चक्लेटस्का सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निकिता आचार्य र लिपफ्रगका संस्थापक तथा अध्यक्ष हिमाल कर्माचार्य संलग्न रहेको निर्णयक मण्डलले स्टार्टअप आइडियाको मूल्यांकन गरेका थिए।

‘एमआइटीलाई नेपालमा उपस्थित गराउने ठूलो सपना थियो। म सबै सम्रह र तिनीहरुका स्टार्टअप आइडियाबाट उत्साहित छु,’ कर्माचार्यले भने।

निर्णायक मण्डलले तीन उत्कृष्ट स्टार्टअप आइडियाहरु ‘सजिलो मर्मत सेवा’लाई पहिलो, ‘किन्डर’लाई दोस्रो र ‘ओपस’लाई तेस्रो घोषित गरे। यी तीन समूहले पुरस्कारस्वरुप एमआइटीको अनलाइन कोर्स माइक्रो मास्टर कोर्ष (एमएमसी) पाउनुका साथै एनसेलका तर्फबाट प्रथम भएको आइडियाले पाँच लाख, द्वितियले तीन लाख र तृतीयले दुई लाख सिड फन्ड पाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विजयी तीन स्टार्टअप आइडियालाई काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) इन्क्युबेसन सेन्टरले इन्क्युबेसनका लागि स्थान दिँदै प्रशिक्षण सुविधा पनि प्रदान गर्नेछ। अन्य सहभागी समूहका विद्यार्थीले पनि सान्त्वना पुरस्कार स्वरुप एमआइटीको इडिएक्स सर्टिफिकेट कोर्स प्राप्त गरेका छन्।

कार्यक्रममा एमआइटीको इतिहास संकायका प्रमुख तथा एमआइटी–नेपाल कार्यक्रमका लागि फ्याकल्टी लिड प्रोफेसर जेफ्री एस राभेल, एमआइटी जिएसएल नेपाल २०१८ की प्रमुख प्राविधिक प्रशिक्षक ज्याकी सू, आजियाटा ग्रुपका दक्षिण एसिया क्षेत्रीय प्रमुख कार्यकारी अधिकृत हान्स विजयसुरिया र काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजु श्रेष्ठले सम्बोधन गरेका थिए।

प्रकाशित: २० श्रावण २०७५ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App