निर्माण पुरा नहुँदै पटक पटक भत्कियो सिक्टा सिंचाई आयोजना (भिडियो)

शनिबार, १९ साउन २०७५, १९ : ०७ अर्जुन ओली

नेपालगन्ज - राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको काम २०६३ सालबाट बाँकेमा निर्माणाधिन क्रममा छ। निर्माणको ६० प्रतिशत मात्र काम सम्पन्न हुँदा हालसम्म आयोजनाले झण्डै १५ अर्व रुपैयाँ खर्च गरिसकेको छ। आयोजनाले सुरुमा ४५.२५० किलो मिटर पश्चिम मुल मात्र निर्माण गरेर ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रमा सिचाई सुविधा पुर्‍याउने लक्ष्य राखेको थियो। दोस्रो गुरुयोजना पश्चात साढे ५३ किमी पूर्वी मुल नहर पनि निर्माण गरेर राप्तीपारीको ९ हजार हेक्टर क्षेत्र सिंचाई गर्ने लक्ष्यका साथ सरकारले सिक्टालाई वर्षेनी सवा अर्वबढी बजेट विनियोजन गर्दै आएको छ।

सिक्टाको सबै काम आगामी आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। आयोजना सम्पन्न हुँदासम्म सरकारले २५ अर्वभन्दा बढी रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ। सिक्टालाई सरकारले दिएको प्राथमिकता अनुसार प्रतिफल भने देखिएको छैन। सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकुलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समयदेखी छन्।

आयोजना कार्यालय अहिलेसम्म मुल नहर निर्माणको काममै अल्झिरहेको छ। आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि अन्यौलमा छ। दुई वर्षअघि अगैयास्थित हेड वर्क्समा जडान गरिएको १८ वटा गेट सिचाईका लागि उपयोगमा आउन सकेका छैनन्।

सिक्टाको पश्चिम मुल नहर निर्माणको काम सम्पन्न भएपनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ। साउन ७ गते बेलुका सिक्टाको पश्चिम मुल नहर परीक्षणका क्रममा ढकेरीस्थित चंगाई नाला छेउमा भत्किएर ठूलो क्षति पुर्‍यायो। यसअघि २०७३ असार १४ गतेपनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला छेउमा मुल नहर भत्किएको थियो। पटक पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथी प्रश्न उठेको छ। सिक्टा सिचाई आयोजना, सिचाई विभाग र मन्त्रालय जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्।

भत्केको ठाउँमा आयोजना कार्यालयले हतार–हतारमा माटो ल्याएर पुरेको छ । यही माटो पनि वर्षाले बगाउन थालेको छ । मुल नहरको दर्जनौं ठाउँमा अझैपनि ठुल्ठुला खाडल परेर भत्किने अवस्थामा पुगेको छ।  ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘आईसिबी–टु’ ठेक्का अन्तर्गत १७.७ किलोमिटरदेखी ३५ किलोमिटर सम्मको क्षेत्रमा घुलनशिल माटोका साथै कमसल निर्माण सामग्री प्रयोग भएका कारण समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन्।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad