संविधानभित्र सबै चिज छन्, यसैलाई कार्यान्वयन गरौंः प्रम ओली

बिहिबार, ०९ असार २०७३, १७ : २८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भए जस्तै यही विधिबाट जारी संविधानको कार्यान्वयनमा लाग्न आह्वान गरेका छन्।

उनले भने, “संविधानभित्रै सबै चिजहरु छन्। यसलाई कार्यान्वयन गर्न सकिएमा सबै असन्तुष्टि सम्बोधन हुन्छन् । यसैले म संविधान कार्यान्वयनमा लाग्न सबै पक्षलाई आग्रह गर्दछु।”

तेत्तीस दलीय राष्ट्रिय मोर्चा नेपालद्वारा सरकारसमक्ष प्रस्तुत पाँचबुँदे मागका विषयमा आज आफ्नै कार्यकक्ष सिंहदरबारमा आयोजित वार्तामा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि आवश्यक बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिइआएको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

सल्लाहकार दाहालका अनुसार संविधानप्रति सबैको स्वामित्व र अपनत्वका होस् भन्नाका लागि सरकारले असन्तुष्ट पक्षका माग सुनी वार्ता र संवादमार्फत सम्बोधन गर्न लागिरहेको प्रम ओलीले बताएका थिए।

सरकारमा सहभागी दल र मोर्चामा आबद्ध ३३ दलका शीर्ष नेतृत्वबीच करिब एक घन्टा वार्ता भएको थियो। सो अवसरमा प्रम ओलीले तत्कालीन अवस्थामा संविधानसभाको निर्वाचन बहिष्कार गरिबसेका र संविधानसभा बाहिर रहेका दलले पनि संविधानको स्वामित्व र अपनत्व लिन सक्ने वातावरण मिलाइने जानकारी दिएका थिए।

पाँचबुँदे माग के के हुन् ?

मोर्चाका तर्फबाट सरकारसमक्ष राखिएका मागहरुमा नेपालको संविधानमा संविधानसभाको निर्वाचन बहिष्कार गरी बाहिर रहेको ३३ दलीय राष्ट्रिय मोर्चा नेपालको स्वामित्व र अपनत्व के र कसरी हुने ?

यसका बारेमा सरकारले स्पष्ट गर्नुपर्ने, निर्वाचनको प्रयोजनका लागि मोर्चा आबद्ध दलहरुले गठन गर्ने चुनावी मोर्चालाई कानुनी मान्यता दिई आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न दिइनुपर्ने, संविधानले तोेकेको समयसीमा अवधिभित्र निर्वाचन हुनुपर्ने र यसका लागि सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरिनुपर्ने रहेका छन्।

गरिब किसान, मजदुर, बेरोजगारी, भूमिहीनलगायतका समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न, मूल्य नियन्त्रण रोक्न, राष्ट्रिय अखण्डता र मौलिक पहिचानको संरक्षणका लागि मूल नीति तयार गरिनुपर्ने पनि मोर्चाको माग रहेको छ ।

वार्ता सकारात्मक – मोर्चा

आफ्ना मागका बारेमा सरकार सकारात्मक रहेको र माग पूरा हुने आफूहरुले विश्वास गरेको मोर्चामा आबद्ध नेपाल समता पार्टीका सचिव विक्रम कुँवरले वार्तापछि सञ्चारकर्मीलाई जानकारी दिए। उनले संविधानको स्वामित्व र अपनत्व सबैले लिन सक्ने वातावरण मिलाउन सरकारसँग आग्रहसमेत गरे।

वार्तामा सरकारका तर्फबाट प्रम ओली, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, भीम रावल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्नि खरेलको सहभागिता रहेको थियो । यसैगरी पूर्वप्रधानमन्त्री माधव नेपाल तथा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलको पनि सहभागिता रहेको थियो ।

बैठकपछि उपप्रधानमन्त्री गच्छदारले मोर्चाले प्रस्तुत गरेका मागलाई वार्ता र संवादमार्फत समाधान खोज्न सरकारले प्रयास गर्ने बताए। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad