१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जीवनमुक्ति र निर्वाण –१०

भयदेखि छ ऊ टाढा छुँदैनन् दोष बुद्धिले ।
नगर्नु भन्दा मान्दैन गर्दैन गर नै भन ।।

विकारी ब्रह्मा ज्ञानी ऊ हुँदैन गुण दोषले ।
उसको स्वभाव हेर्दामा बच्चाको सरि देखिने ।।
खम्बामा काठ पुतली न कुद्दा पनि देखिए ।।
जस्तो त्यस्तै जगत झुठो देखिन्छ ब्रह्मा भैदिए ।।
खम्बा छ पुतलीहिन कुदिएर कुनै पनि ।।
पुतलीझै झ्वाट्ट हेर्दा देखियो हैन तैपनि ।।
देखिने विश्व हो ब्रह्मा गढी हेरेर खुल्दछ ।।
होझै लाग्ने विश्व सारा थिएन भ्रान्ति मात्र छ ।।
स्थिर सागरमा छाल छ छैन यदि प्रश्न छ ?
छ वा छैन दुवै सत्य राम लाग्नेछ उत्तर ।।
त्यस्तै हो ब्रह्मा विश्व छ छैन ? कोही सोध्दछ ।।
ज्ञानमा छैन हो झुठो अज्ञानी तर देख्दछ ।।

 

 

प्रकाशित: १९ श्रावण २०७५ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App