१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रोलियाली धावक नेपालमा दौडने

काठमाडौं- अस्ट्रेलियन नागरिक टिम ब्लेयरले भदौ २९ गतेबाट चार दिनसम्म २ सय २० किमीको अल्ट्रा दौड दौडने भएका छन्। पोखरा वसुन्धारा पार्कबाट सुरु हुने दौड डुम्रे, मलेखु हुदै काठमाडौंको वसन्तपुर पुगेर सकिने छ। ब्लेयरको दौडका लागि क्लाइम हाई हिमालयले संयोजन गरिरहेको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। कार्यक्रम संयोजक सत्यवन लोप्चनले क्यान्सर रोगबाट पिडित वालवालिकाका लागि रकम संकलन गर्न ब्लेयर दैडन लागको बताए।

‘यो दौडपछि ब्लेयरको जन्मस्थान अस्ट्रेलियामा जम्मा हुने रकमको एक तिहाई हिमाली क्षेत्र नाम्चेका प्रथमिक विद्यालयलाई सहयोग गर्ने र बाँकी अस्ट्रेलियामै क्यान्सरबाट गुजि्रएका वालवालिकाको उपचारका लागि खर्च हुनेछ,’ लोप्चनले भने।

त्यस्तै ब्लेयर दौडनुको अर्को उद्देश्य विश्वलाई नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु रहेको बताए। ‘म विश्वलाई नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु,’ ब्लेयरले भने, ‘गत वर्ष गएको भुकम्पका बावजुद पनि नेपाल भ्रमणका लागि धेरै सुरक्षित छ। विशेष गरि अस्ट्रेलियामा यो सन्देश फैलाउनु मेरो अर्को उदेश्य हो।’

ब्लेयरसँगै दुई नेपाली राज प्रधान र नारायण आचार्य पनि दौडमा सहभागी हुनेछन्।

प्रकाशित: २७ भाद्र २०७३ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App