१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

 

काठमाडौं – सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई चयन गर्नुहुन्न भन्दै समितिमा रहेका नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमका सांसद सदस्यले मतदान गरे। इतिहासमै पहिलोपटक सुनुवाईमार्फत प्रस्तावित व्यक्ति अश्विकृत गरिएको यो घटनामा आफूहरुले जोशीलाई अस्विकृत गर्नुपर्ने कारण समेटिएको राय सांसदले समितिसमक्ष बुझाएका थिए।

अस्वीकृत गर्ने प्रस्तावमा मतदान गर्ने सांसद सदस्यहरुका तर्फबाट समिति सदस्य योगेशकुमार भट्टराइले हस्ताक्षर गरेको रायपत्रमा ५ वटा कारण सार्वजनिक गरेका छन्। ५ बुँदामा न्याय क्षेत्रको नेतृत्व गर्न ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको र आचरण, इमान्दारीता र कार्यक्षमताबारेका प्रश्नको सन्तोषजनक जवाफ दिन नसकेको औल्याइएको छ। त्यस्तै शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक रहेको,न्यायालय स्वतन्त्र, सक्षम, प्रभावकारी र विकृतीविहिन हुन सक्नेमा  समिति सन्तुष्ट हुन नसकेकाले समितिको कार्यविधी बमोजिम अस्वीकृत गर्नु उपयुक्त हुने ठहरसहितको राय पेश गरेका थिए।

प्रकाशित: १८ श्रावण २०७५ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App