१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पिच गरेकाे एक साता नवित्दै भत्कियो सडक

गाडीको टायरले भासिएको पिच । तस्विर :अरूण/नागरिक

डोटी - दिपायलमा सडक पिच गरीएको एक साता नवित्दै भत्किएको छ। दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको गेटसम्म वर्षातको समयमा गरिएको पिच एक साता नबित्दै भत्किएर हिलाम्मे हुन थालेको हाे।

‘पिच गरेको एक हप्ता पनि भएको छैन्,’ स्थानीय अर्जुन बलायरले भने,‘सडकमा पुरै दलदल छ । हिडेपछि पिच धसिन्छ ।’ सडकमा हिड्ने गरेका गाडीले समेत पिच भासिने गरेको छ। 

धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ती कन्ट्रक्सनले सडक पिच गरेको हो। १२ सय मिटर सडक पिच गर्न एक करोड २७ लाखमा ठेक्का स्वीकृत भएको थियो। सोही अनुसार असार मसान्तमा काम सक्नेगरी सम्झौता भएको थियो। ‘असार मसान्त सम्म समयसिमा तोकिएपनि बर्षायाममा गरिएको पिच गुणस्तरको नहुने भएकाले जेठ  १५ भित्र कामसक्न निर्देशन दिइएको थियो’ योजना कार्यालयका प्रमूख ईन्जिनियर राजेन्द्र शाहले भने, ‘हामीले जेठ १५ मै काम सक्न लिखित पत्राचार समेत गरेका थियौ ।’ 

स्थानीयले सडक मापदण्ड अनुसारको नबनेको समेत दावी गरेका छन्। सडकको चौडाई ७ मिटर हुनुपर्नेमा कम रहेको स्थानीयको आरोप छ । सडकमा इष्टिमेट अनुसारको काम नभएकाले आफुले रकम भूक्तानीका लागि सिफारिस नगर्ने दिपायल सिलगढी नगरपालिका ४ का वडाध्यक्ष विरेन्द्र शाहले बताए। 

योजना कार्यालयले सडक निर्माण कम्पनीलाई ५० लाख शुरुमा भूक्तानी दिएको र बाँकी रकम दिन बाँकी रहेको जानकारी दिएको छ। बाँकी रकम काम हेरे पश्चात भूक्तानी गरिने ईन्जिनियर शाहले बताए । ‘काम हेरेर ईष्टिमेट अनुसारका काम गराएर मात्रै भूक्तानी दिन्छौ ।’ शाहले भने ।

प्रकाशित: १८ श्रावण २०७५ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App