१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पारस र वसन्तको टोली भिड्ने

काठमाडौं- अर्को महिना सुरु हुने वाई–वाई इपिएल ट्वान्टी–२० क्रिकेटको उद्घाटन खेल विशाल वारियर्स र कान्तिपुर गोर्खाजबीच हुने भएको छ। असोज ८ गते हुने उद्घाटन खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्को नेतृत्वमा विशाल वारियर्स र नेपाली टोलीका सफल स्पिनर वसन्त रेग्मीको कप्तानीमा कान्तिपुर गोर्खाज मैदान उत्रिनेछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। अन्य चार टोलीलाई राष्ट्रिय टोलीका अन्य सदस्यले कप्तानी गर्नेछन्।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले कलर्स एक्स फ्याक्टर्स, शरद भेषावकरले पन्चकन्या तेज, शक्ति गौचनले जगदम्बा राइनोज र विनोद भण्डारीले सगरमाथा लिजेन्ड्को नेतृत्व गर्नेछन्।

इपिएलको आयोजक जोहरा स्पोर्टस म्यानेजमेन्टका अनुसार राउन्ड रोबिन लिगपछि अंकतालिकाका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ। आयोजकले इपिएलका सहभागी खेलाडीलाई चार श्रेणीमा विभाजन गरि झन्डै ५४ लाख रुपैयाँ 'म्याच फी'मा भुक्तानी गर्ने बताएको छ। हरेक टोलीको कप्तानका लागि प्रति खेल २० हजार, राष्ट्रिय टोलीबाट कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेलमा खेलका खेलाडीलाई १५ हजार 'म्याच फी' तोकिएको छ। त्यस्तै यू–१९ विश्वकप टोलीका सदस्यले १२ हजार तथा वाँकी खेलाडीलाई हरेक खेलमा ८ हजार रुपैयाँ दिइने बताइएको छ।

प्रकाशित: २७ भाद्र २०७३ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App