१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सारिका ‘मिस टिन प्लस टु’

काठमाडौं– प्लस टुमा अध्ययनरत किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस टिन प्लस टु’मा सारिका भौकाजीले शीर्ष उपाधि जितेकी छन् । उनले विधागततर्फको ‘बेस्ट स्पिच’ र ‘बेस्ट हेयर’को उपाधि पनि पोल्टामा पारिन्।

स्टार वन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा मेरिना सुवेदी ‘फष्र्ट रनरअप’ सँगै ‘बेष्ट स्किन’ र ‘मस्ट क्रियटिभ’, स्मृति पराजुली ‘सेकेन्ड रनर अप’सँगै ‘बेस्ट स्माइल’, अर्चना पाठक ‘थर्ड रनर अप’सँगै ‘मिस फोटोजेनिक’ र ‘भिवर्स च्वाइस’ तथा लक्ष्मी सेवा ‘मस्ट पपुलर’ र ‘मल्टीमिडिया च्वाइस’ चुनिए।

प्रतियोगितामा कमला तामाङ ‘मिस ट्यालेन्ट’, सभ्यता भण्डारी  ‘र्याम वाक’ र ‘मिस कन्जिनियालिटी’, इसु लामा ‘मस्ट फ्रेन्डली’, रोजिना गमाल ‘युथ विथ रेस्पोन्सिबिलिटी’, अन्विसा रावल ‘मस्ट गर्जियस’, ऐश्वर्य थापा ‘वेस्ट सिंगर’, शिक्षा आचार्य ‘मस्ट आइकोनिक आइज’, रोशनी श्रेष्ठ ‘फेसन आइकन’, दिपिका अधिकारी ‘मस्ट डिसिप्लेन’, चन्द्रीका रावल ‘मिस व्युटिफुल’, कुसुम क्षेत्री ‘सोसियल वेलफेयर एम्बेसेडर’, निरु कुचिकार ‘वेस्ट पिलटनेस’, सदिक्षा सिंह ‘वेस्ट पर्सनालिटी’ र ‘युट्युब भिवर्स च्वाइस’ तथा निमी शाक्य ‘वेष्ट फिजिक’ भए ।
 

प्रकाशित: १८ श्रावण २०७५ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App