१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तालमेल नहुदा अलमल देखियो : मन्त्री पुन

रामेछाप – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले यतिबेला जनताले नतिजा खोजिरहेको र सरकार आन्तरिक तयारीमा लागेका कारण तालमेल नमिलेर सरकारको काम केही अलमल देखिएको बताएका छन्।

बुधबार साँझ जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकार विभिन्न क्षेत्र र राज्यका विभिन्न निकायको समायोजन गर्दै नतिजा निकाल्ने पूर्वाधार बनाउने तयारीमा रहेकाले यतिबेला अलमलको स्थिति देखा परेको बताए। हिजो र आजको संरचनामा धेरै फरक रहेको र कार्यशैली फरक रहेकाले सबै कुरालाई सन्तुलन गरेर सरकार अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उनले बताए। यही विषम अवस्थामा नै नतिजाको आशा गर्दा ती आशा पूरा हुन कठिन रहेको उनले टिप्पणी गरे। संघीयताले गर्दा यतिबेला कर्मचारीमासमेत अलमल देखिएकोले जुन स्वभाविक रहेको बताए। वर्तमान सरकाले सुशासनको पाटोमा जोड दिएकाले सोही अनुरूप काम गर्न जिल्लास्थित कार्यालय प्रमुखलाई समेत निर्देशन दिएका थिए। यो सरकार विगतको जस्तो अस्थायी नभएकाले स्थायी किसिमले नतिजा दिएर छाड्ने सरकारका रूपमा रहेको र सोहीबमोजिमको म्यान्डेड जनताले दिएको उनले बताए।

मन्त्री पुनले वर्तमान सरकारबारे क्रिकेटसँग जोडेर व्यग्य गर्दै भने सरकार क्रिकेटका विभिन्न खेलमध्ये टेष्ट सेरिजको खेल रहेको बताए। सके छक्का र चौका हान्ने नसके आउट हुने खेलाडी जस्तो यो सरकार अब नरहेको बताए। यो सरकार लामो समय टिक्ने र नतिजा दिएरै छाड्ने सरकारकारूपमा अघि आउने बताए। उनले पाँच वर्ष अवधिमा दोहोरो अंकको आर्थिक वृद्धिको प्रक्ष्यपण गरिएको बताए। १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पान गरी ३ हजार मेगावाट बराबरको सेयरको रूपमा लगानी प्रत्येक घर परिवारमा आर्थिक समृद्धि भित्र्याउने लक्ष्य रहेको उनले दाबी गरे।

बुधबार नै जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको सरकारी कार्यालयका प्रमुख र पत्रकारसँगको अन्तरक्रिया कार्याक्रमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत पत्रकार तथा अन्य सरोकारवालाले जिल्लाका वस्तु स्थिति र समस्याबारे ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १७ श्रावण २०७५ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App