२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

अभिषेक र ऐश्वर्या ८ वर्षपछि फिल्ममा जोडी बाध्दै

मुम्बई– अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिने भएको छ। रियल लाइफमै दम्पत्ती रहेको यो जोडी ८ वर्षपछि अनुराग कश्यपको ‘गुलाब–जामुन’मा पर्दामा एकसाथ देखिन लागेको हो। 

दुबैले मणिरत्नमको फिल्म ‘रावण’ मा २०१० मा सँगै काम गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार ‘गुलाब–जामुन’मा काम गर्ने खबरलाई अभिषेक र ऐश्वर्या दुबैले पुष्टि गरेका छन्। 

ऐश्वर्याले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘दर्शकहरु हामीलाई फिल्ममा सँगै हेर्न चाहन्छन्। तर हामी दुबैलाई चित्तबुझ्दो कथाको स्क्रिप्ट कम आउँछ। व्यक्तिगत रुपमा हामी अलग अलग कथा चाहन्छौं। यसकारण हामी अलग अलग फिल्ममा काम गरिरहेका छौं।’ गुलाब–जामुन’को कथा दुबैलाई चित्त बुझेकाले आफूहरुले सँगै काम गर्ने निर्णय लिएको उनले बताइन्। 

अभिषेक र ऐश्वर्या अहिले आ–आफ्नो फिल्म ‘मनमर्जिया’ र ‘फन्ने खां’को प्रमोशनमा व्यस्त छन्। 

अभिषेक र ऐश्वर्याले हालसम्म ७ वटा फिल्ममा सँगै काम गरेका छन्। ‘गुलाब–जामुन’का आठौं फिल्म हुनेछ। 

प्रकाशित: १६ श्रावण २०७५ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App