१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गंगामायाको स्वास्थ्य गम्भीर

काठमाडौं- आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्यस्थिति कमजोर हुँदै गएको छ। केही सातादेखि वीर अस्पतालमा आमरण अनशन बसेकी अधिकारीको स्वास्थ्य स्थिर तर गम्भीर रहेको अस्पतालले जनाएको छ। जुनसुकै समय स्वास्थ्य थप नाजुक हुन सक्ने जनाउँदै अस्पतालका डाक्टर मनेनप्रसाद गोर्खालीले भने, 'अहिलेको अवस्था स्थिर तर गम्भीर छ।'

दसवर्षे सशस्त्र द्वन्द्वमा गोली हानिएका छोरा (कृष्णप्रसाद अधिकारी) को हत्यामा संलग्नलाई कारबाही माग गर्दै उनी अनशन बसेकी हुन्। छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै आमरण अनशनमै रहेका बेला उनका पति नन्दप्रसाद अधिकारीको वीर अस्पतालमै एक वर्षअघि निधन भएको थियो। परिवारले नन्दप्रसादको शव बुझ्न अस्वीकार गर्दा अझै अन्तिम संस्कार भएको छैन।

गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनको जीवनरक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न संघ/संस्थाका प्रतिनिधिले सरकारलाई दबाब दिएका छन्। 

प्रकाशित: २७ भाद्र २०७३ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App