१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्टुवार्टलाई आराम दिइने सम्भावना

लन्डन (एएफपी) – इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्र्रोडले भारतविरुद्ध सुरु हुने आसन्न टेस्ट शृंखलाका केही खेलमा आफूलगायत अन्य केही तीव्र गतिका बलरलाई आराम दिइने सम्भावना भएको बताएका छन्।

ब्रोडले ६ साताको बीचमा पाँच टेस्ट खेल्नुपर्ने भएकाले सबै खेलाडीले सबै खेलमा अवसर पाउने सम्भावना न्यून भएको बताए।

कुर्कुच्चाको चोटका कारण ब्रोड र कुमको समस्याका कारण जेम्स एन्डरसन विगत केही महिनादेखि मैदानबाहिर रहे पनि अहिले दुवै खेलाडीले काउन्टी च्याम्पियनपसिपमा सहभागिता जनाउँदै आफूहरू फिट रहेको प्रमाणित गरेका थिए।

तर ब्रोडले आफूहरू शृंखलाका सबै खेल खेल्न चाहे पनि परिस्थिति भने त्यसअनुरूप नभएको बताए । शृंखलाअन्तर्गतको पहिलो टेस्ट बुधबारबाट सुरु हुनेछ।

‘टोलीमा यस विषयमा छलफल भइरहेको छ। हामीलाई कुनै खेलमा टोलीमा समावेश नगरिएमा निराश नहुन आग्रह गरिएको छ,’ ब्रोडले भने, ‘यो कुनै एक खेलाडीमाथिको मात्र आक्रमण होइन। यो टोलीकै हितमा लिइने निर्णय हो । त्यसैले हामीले आफूले पाएको अवसरको भने भरपूर सदुपयोग गर्नुपर्छ।’

‘कुन खेलमा कुन खेलाडीलाई खेलाउने भन्ने निर्णय पिचको स्थिति र खेलाडीको फिटनेसको आधारमा गरिन्छ,’ ब्रोडले थपे, ‘पहिलो दुई खेल २५०–२५० ओभरको भयो भने तीव्र गतिका बलरले शृंखलाका बाँकी तीनवटै टेस्ट खेल्ने सम्भावना लगभग समाप्त हुनेछ। तर ७०–८० ओभर भयो भने तीव्र गतिका बलरले अन्य टेस्ट खेल्ने सम्भावना जीवित रहनेछ।’

प्रकाशित: १५ श्रावण २०७५ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App