१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा विद्युत आपूर्ति ठप्प

रसुवा – रसुवामा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने भएको छ। त्रिशुली चिलिमे ६६ केभी प्रशारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द गर्न थालिएको नेपाल विद्युत प्राधिकरण रसुवाले जनाएको छ।

त्रिशुलीदेखि चिलिमेसम्मको विद्युत सेवा बन्द गरी सोमबारदेखि मर्मत सम्भारको कार्य सुरु गरिएको धुन्चे बितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले बताए। 

‘यसअघि वर्षाको समयमा विद्युत आपूर्ति नियमति नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए, प्रमुख दाहालले भने, यसपटक त्यो समस्या आउन नदिन कार्य अघि बढाइएको हो।’ जिल्लामा करिब ८४ प्रतिशत घरधुरीले राष्ट्रिय प्रशारण लाइनको विद्युत प्रयोग गरिरहेका छन्।

विद्युत सेवा बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ। 

 

प्रकाशित: १५ श्रावण २०७५ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App