१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारबाट समर्थन फिर्ता लिने कुनै योजना छैन् : महतो

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन्। सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले समर्थन फिर्ता नलिने उनको भनाई छ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन्। फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन्। यो सरकार दुई तिहाईको हो। संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं। हामी अहिले पर्ख र हेरको अवस्थामा छौं।’

आफूहरु सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्ने स्पष्ट पार्दै उनले तत्काल समर्थन फिर्ता लिने कुनै योजना नरहेको उनले बताए। उनले आफ्नो पार्टी अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे। 

पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए। पार्टीको नेतृत्वको लागि प्रतिष्पर्धा नहुने उनको ठोकुवा छ। अध्यक्ष मण्डल रहने वा नरहने भन्ने कुरापनि सहमतिबाटै टुँगो लगाउने भन्दै पार्टीको निर्णय सामूहिक प्रक्रियाबाट अगाडि बढाइने बताए।

फरक प्रसँगमा उनले राजपा र फोरमबीचको एकताको पनि अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, ‘उपेन्द्र यादवजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं। अनि कसरी एकता हुन्छ? त्यसैले अहिले एकता सम्भव छैन्। एकताको लागि त उपेन्द्रजी हामी बसेको ठाउँमा आए हुन्छ।’ यद्यपी उनले प्रदेश नम्बर २ को सरकारमा राजपा र फोरमको गठबन्धन भने कायमै रहने विश्वास दिलाए। उनले भने, ‘५ वर्षमात्रै होइन, १० वर्षसम्म रहन्छ।’

प्रकाशित: १४ श्रावण २०७५ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App