१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हेर्नुहाेस् प्रस्तावित प्रधानन्याधीश जोशीका प्रमाणपत्र

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशको रुपमा अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्ने भनिएकै दिन जोशीका सम्पूर्ण प्रमाणपत्रहरु नागरिकन्यूजले फेला पारेको छ ।

आफ्नो एसएलसी परीक्षाको प्रवेशपत्र तथा परिणाम प्रकाशित गोरखापत्र समेत सुरक्षित राखेका जोशीले विजय स्मारकमा दश कक्षासम्म अध्ययन गरेको र प्रवेशिका परीक्षा भने विरगञ्जको विद्यापिठबाट दिएको उनका कागजातहरुबाट खुलेको छ। सिम्बोल नं. ३६६७ गोरखापत्रमा प्रकाशित भएको पत्रिकाको कपिका अतिरिक्त उनले परीक्षामा सामेल हुनका लागि प्राप्त गरेको प्रवेश कार्ड समेत जोशीको नीजि सचिवालयले नागरिकलाई उपलब्ध गराएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाणपत्रमा शंका देखिएपछि उनको प्रधानन्यायाधीशको रुपमा अनुमोदन हुने नहुने विषय लम्बिएको छ भने विभिन्न क्षेत्रबाट उनका प्रमाणपत्रको बारेमा अध्ययन अनुसन्धान समेत भइरहेको छ।

आज सोमवार २ बजे सुनुवाई समितिको बैठक डाकिएको छ र सो बैठकबाट उनको अनुमोदन गर्ने वा प्रमाणपत्रहरुमा समितिका सदस्यहरु सहमत हुन नसकेमा उप–समिति गठन गरे थप अध्ययन गर्ने भन्ने विषयमा निर्णय हुने जनाइएको छ।

समितिका सदस्यद्धय लक्ष्मणलाल कर्ण तथा योगेश भट्टराईले आज बैठक डाकेको र सकभर निर्णयमा पुग्ने जानकारी गराइसकेका छन्।

‘हामीले बैठक राखेका छौं । सकभर हामी अनुमोदनको निर्णय गर्र्छाै तर प्रमाणपत्रमा देखिएको शंका निवारण नभएमा हामी उप समिति गठन गरे अनुसन्धानमै अघि पनि बढ्न सक्छौं,’ सुनुवाई समितिकै अर्का सदस्य योगेश भट्टराईले नागरिकन्यूजसँग भने। त्यसरी उप समिति गठन भएमा सुनुवाई समितिको कार्यविधि बमोजिम समितिकै सदस्यहरुको संयोजकत्वमा गठन भई आवश्यकताअनुसार कागजात मगाएर निर्णय गरिने पनि उनको दावी छ।

कायम मुकायम प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाई अन्तिम चरणमा उनका प्रमाणपत्रहरुमा शंका उब्जिएपछि निर्णयको प्रक्रिया लम्बिएको छ।

विहीबार समितिमा परेका उजुरीको विषयमा कायम मुकायम प्रधान न्यायाधीश जोशीसँग छलफल गरेपछि संवैधानिक परिषद्को सिफारिस अनुमोदनका लागि आइतवार बिहान ८ बजे समितिको बैठक डाकिएको थियो। बिहिबारको बैठकमा निक्र्याैलमा पुग्न नसकेपछि समितिको बैठक शुक्रबारलाई डाकिएकोमा सो बैठक बस्न नसकेपछि आइतबारका लागि बैठक तोकिएको थियो।

संसदीय सुनुवाई समिति बनाउनेबारे दलहरुकाबीचमा सहमति हुन नसकेका कारण लामो समयदेखि प्रधानन्यायधाीशका अतिरिक्त अख्तियार दुरुपायोग अनुसन्धान आयोग एवं महिला आयोगहरुको प्रमुख नियुक्ति समेत हुन सकेको थिएन। लामो समय देखि नेतृत्वविहिन हुनपुग्दा न्यायलयमा अन्यौल बढेको छ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले पेश गरेको शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय बिद्यापीठबाट २०२९ सालमा उतीर्ण भएको देखिन्छ भने बिद्यापीठको वीरगञ्ज बोर्डको नक्सालस्थित नन्दीरात्री माध्यमिक विद्यालय केन्द्रबाट संचालित २०२९ को प्रवेशिका परीक्षा उतीर्ण भएको उल्लेख छ। शिक्षा मन्त्रालयको परीक्षा विभागले जोशीका नाममा दिएको चारित्रिक प्रमाणपत्रमा ३६६७  सिम्वोल नम्बर उल्लेख छ।

विजय मेमोरियल स्कुलबाट १० कक्षा उत्तिर्ण भएपछि एसएलसी सरहको मान्यता प्राप्त नेपाल राष्ट्रिय विद्यापीठ काठमाडौं केन्द्रबाट जोशी उत्तिर्ण भएका र सो समयमा एसएलसी वा प्रवेशिकाका लागि दुई वटा छुटटाुछुट्टै बोर्डहरुको व्यवस्था रहेको दावी जोशी निकटवर्तीहरुले गरेका छन्। अहिले प्रयोगमा आइरहेको एसएससी बोर्डका अलावा शिक्षा मन्त्रालयको परीक्षा विभागकै अन्तर्गत नेपाल राष्ट्रिय बिद्यापीठ (एनआरभी) नामको बोर्ड संञ्चालनमा रहेको उनीहरुको भनाई छ। 

जोशीले न्यायाधीशको रुपमा पुनरावेदन अदालतमा बाइस बर्ष काम गरिसकेका छन् भने पाँचबर्ष सर्वाेच्च अदालतमा अनुभव हासिल गरेका छन्। नेपाल ल क्याम्पसमा १२ बर्षसम्म अध्यापन गरेका जोशीले  क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए। कानुन व्यवसायीको अनुभव पछि सुरुमा उनले पृथ्वीनारायण क्याम्पस पोखरामा २ बर्ष कानुन तर्फको प्रशिक्षकको रुपमा समेत काम गरेकोमा प्रमाणपत्रको आधिकारिकताको विषयमा पहिला कहिल्यै प्रश्न नउठेकोमा अहिले मुद्दा बनेकोमा विषय पेचिलो बनेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App